Logo

जनता करको मारमा परे :कार्की



Spread the love

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसक नेता तथा पूर्व मन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले जनतालाई करको मारमा पारेको आरोप लगाएक छन् ।


संघीय संसद अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै उनले सो आरोप लगाएका हुन् ।
त्यस्तै पूर्व मन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले गरिब जनतालाई सेवा र सुविधा बढाउने काममा केन्द्रित हुन पनि सरकारलाई उनले सचेत गराए ।

समितिका सदस्य समेत रहेका कार्कीले सरकारले जनताको कर तीर्ने क्षमता विकास गर्न विशेष ध्यान दिनुपर्ने कुरा उल्लेख गरे ।

त्यस्तै उनले व्यापार घाटा कम गर्न पनि सरकारसँग आग्रह गरे । काँग्रेस नेता कार्कीले राजस्वको कर निर्धारणको प्राथमिकतालाई समयानुकूल परिमार्जन गर्दै लैजान पनि सरकारलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्