Logo

रोकेर राखिएका दुई ट्रकमा आगलागी



Spread the love

पूर्वी नवलपरासीको गैँडाकोटमा रोकि राखिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नं का दुईवटा ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।

आगोको बारेमा कुनै पनि कुरा खुल्न सकेको छैन ।  आगलागीबाट ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । कपिलवस्तुको चन्द्रौटाबाट पराल बोकेर हेटौँडातर्फ जाने क्रममा गैँडाकोटमा रोकिराखिएको अवस्थामा ती ट्रकमा आगो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्