Logo

विश्वकप फुटबल खेल्ने राष्ट्र जापानसंग आज नेपाल भिड्दै



Spread the love
इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ ।
नेपाल र जापानबीचको खेल इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति
रङ्गशालामा नेपाली समयानुसार साँझ पौने ७ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
 
इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने १८ औँ एशियाली खेलकूदको फुटबलतर्फकको प्रतिस्पर्धा भने अहिले चलिरहेको छ । थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेशिया पुगेको नेपाली
टोलीले आज जापानसँग खेल्दै एशियन गेम्सको शुरुवात गर्न लागेको हो ।
इन्डोनेशिया जानुअघि नेपाली टोली थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको
थियो । ती दुवै खेलमा नेपाल पराजित भएको थियो ।
 
एशियन गेम्सको समूह ‘डी’ मा रहेको नेपालले जापानपछि भियतनामसँग यही साउन ३१ मा भियतनाम र भदौ १ गते पाकिस्तानसँग खेल्नेछ । नेपालभन्दा जापान निकै बलियो टोली हो । जापान फिफा बरियतामा ६१ औँ र नेपाल १६१ औँ स्थानमा छ । जापान विश्वकपको अन्तिम १६ सम्मको यात्रा गरिसकेको मुलुक हो । (रासस) 

प्रतिक्रिया दिनुहोस्