Logo

नक्कली बम राख्ने ३ जना पक्राउ



Spread the love

नक्कली बम राखेर झुकाउदै हिडेका ३ जना बन्दकर्ता लाई प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्लाका चार स्थानमा प्रेसर कुकरमा नक्कली बम राखेको उनले बताए ।

बिहान ग्वार्को, ताल्छिखेल र बटुकभैरबमा नक्कली बम भेटाइएको थियो । नक्कली बमका कारण केहीबेर स्थानीयवासी त्रसित रहे ।
जिल्लामा बन्दको न्यून प्रभाव परेको छ । उनले भने, ‘सार्वजनिक सवारी केही कम भए पनि साझालगायतका यातायात सेवा नियमित रहे ।’ निजी सवारी साधन चलेको र र पसल खुल्ला नै रहेको प्रहरीले जनाएको छ । बन्दका कारण विद्यालय भने बन्द रहे । पक्राउ परेका बन्दकर्तालाई थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्