Logo

हेलिकोप्टरको पंखाले लागेर एक जनाको मृत्यु



Spread the love

हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिक नगेन्द्रकुमार कार्तिकको रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए ।

हेलिकोप्टर सिमिकोटबाट त्यहाँ गएको थियो । अपरान्ह सवा ३ बजे प्यासेन्जर ओराल्दै गर्दा पछाडिपट्टीको पंखाले लागेर मृत्यु भएको हो’, ढुंगानाले बताए ।

अहिले जिल्ला प्रहरी कार्यालय, हुम्लाको टोली मुचुल्का लागि घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया दिनुहोस्