Logo

आशंकामा चितवनबाट १२ जना पक्राउ



Spread the love

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दमा संलग्न भएको भन्दै चितवन प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १२ जनालाई नियन्त्रणमा लिएको छ ।

 

प्रहरीले शंकास्पद गतिविधिमा रहेको नरहेको बारेमा आवश्यक छानबिन भैरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रभु ढकालले जानकारी दिए संलग्नहरुलाई पक्राउ गरेर मुद्धा चलाउँछौं, नभएकाहरुलाई अभिभावक बोलाएर पठाउँछौं ।’ डीएसपी ढकालले भने ।
प्रहरीका अनुसार सोमबार राति १२ बजेदेखि विहान ४ बजेको बीचमा शंकास्पद गतिविधिमा संलग्न उनीहरुलाई पक्राउ गरिएको हो ।
चितवन प्रहरीले बन्द बाट कुनै पनि अपिर्य घटना हुन् नदिन सुरक्षा ब्यबस्था कडा पारेको बताइएको छ  ।

प्रतिक्रिया दिनुहोस्