Logo

चोर भन्दै निर्दोष माथि प्रहरीको निर्घात कुटपिट



Spread the love

सर्लाहीका एक दलित युवकलाई रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले अनाहकमा निर्घात कुटपिट गरेका छन् ।

चोरीको आशंकामा पक्राउ गरी रातभर कुटपिट गरेपछि प्रहरीले निर्दोष भन्दै भोलिपल्ट बिहान ती युवकलाई अभिभावकको जिम्मा लगाएको छ ।

सर्लाहीको हरिवन नगरपालिका ८ चापिनी निवासी २२ बर्षीय विशाल नेपालीलाई प्रहरीले यसरी पिटेको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा आइतबार रातभर राखेर पैताला, तिघ्रा, नितम्बलगायत शरीरका विभिन्न ठाउँमा पइप नै पाइपले हानेको पीडित युवकले गुनासो गरेका छन् ।

उनले रुँदै भने, ‘बागमतीदेखि कुट्दै-कुट्दै चन्द्रनिगाहपुर पुर्याए र त्यहाँ पनि राति पाइप नै पाइपले हाने ।’ परिवारका अनुसार, विशाल अहिले थलिएका छन् ।

आइतबार साँझ बागमती बजारमा एक महिलाको सुन चोरी भएको थियो ।

त्यस क्रममा एक्कासी यही नै हो चोर भन्दै उनले खलासी काम गर्ने माइक्रो बस छेउमा यात्रु कुरेर बसिरहेका विशालालई स्थानीय वासिन्दाले समाते र अन्धाधुन्द कुटे ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्