Logo

रुकुममा एक व्यक्तिले आफ्नै भाइ र छोराको हत्या गरे



Spread the love

पश्चिम रुकुमको मुसिकोट नगरपालिका १४ लहरेखेतका ३७ वर्षीय शंकर विष्टले बुधवार बिहान करिब साढे ६ बजे तिर आफ्नै भाइ र छोराको हत्या गरेका छन् ।

सांकेतिक स्केच

उनको आक्रमणबाट २० वर्षीय भाइ गोकर्ण र करिब ६ वर्षीय छोरा सुदर्शनको मृत्यु भएको छ भने आक्रमणबाट अरू दुई जना छोराहरू १३ वर्षीय प्रकाश र १० वर्षीय दिनेश घाइते भएका छन् । भाइ र छोराहरू माथि आक्रमण हुँदा आमा पानी लिन गएकी थिइन् ।

घाइते दुई छोराहरूको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको छ ।

आक्रमणपछि विष्टले आफूले आफैलाई टाउकोमा हतियार प्रहार गरेर सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

उनको मानसिक सन्तुलन ठिक नभएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्