Logo

तिन हात्तिको आक्रमण बाट एक अशक्त को मृत्यु



Spread the love

उदयपुरको बेलका नगरपालिका ३ मा रहेको खैरेनी टाप्पुमा आज बिहान आएका तीनवटा हात्तीको आक्रमण परि एक जनाको मृत्यु भएको छ भने दुई घरटहरा भत्काएको ।

कोशीटापू क्षेत्रबाट आएका हात्तीले खुट्टाले च्यापेर खैरेनी टाप्पुका ३५ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको छ भने सार्कीको घर, गोठ र टहरासमेत भत्काएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
घरमा सुतिरहेका सार्कीलाई घर भत्काएर तानेर ५० मिटर पर लगी खुट्टाले च्यापेर मारेको प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताए ।
घरका अन्य सदस्यहरु भाग्न सफल भए पनि रामकुमार शारीरिक रुपले अशक्त भएको कारण भाग्न नसक्दा हात्तीले पक्रेर केही पर लगेर मारेको थियो । घटना घटेलगत्तै इलाका प्रहरी कार्यालय रामपुरको टोली पुगी हात्ती भगाएको र अहिले जनजीवन सामान्य रहेको पनि एसपी राईले बताए ।

प्रतिक्रिया दिनुहोस्