Logo

पहिरोले घर लैजादा सासु बुहारी बेपत्ता



Spread the love

बागलुङको निसीखोला गाउँपालिका ३ स्थित मानबहादुर शाहीको घरमा आज बिहान गएको पहिरोमा परि सासु बुहारी बेपत्ता भएका छन् ।

उनकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता भएका हुन्
पहिरोले क्षतिग्रस्त बनाएको घरभित्रै उनीहरु च्यापिएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ
प्रहरी र स्थानीवासी खोजी र उद्धारमा जुटेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए ।
घरमुली मानबहादुर शाही गोठ गएको बेला घटना भएको जनाइएको छ । गएरातिको वर्षाले जिल्लाका विभिन्न स्थानमा
भौतिक क्षति पुर्याएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्