Logo

बस दुर्घटना हुँदा ४० जना घाइते



Spread the love

जिल्लाको बुङताङबाट काठमाडौँ आउदै गरेको बा २ ख २८०४ नंको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।

मिनीट्रकलाई ठाउँ छोड्ने क्रममा सडक भाँसिएर ४० मिटर तल खसेको बताइएको छ उक्त बसमा सवार ४० जना घाइते भएको नुवाकोटका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

आज बिहान १०ः३० बजेतिर बस दुर्घटना भएको थियो दुर्घटना बाट गम्भीर घाइते भएका सात जनालाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ भने अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्