Logo

हेलिकप्टरबाट गृहजिल्ला पठाइयो: मजदुरको शव



Spread the love

संखुवासभाको मकालु गाउँपालिका ५ मा निर्माणाधीन अरुण तेस्रो परियोजनामा मृत्यु भएका । कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका १ का २६ वर्षीय केशव शाहीको शव आज गृहजिल्ला पठाइएको छ ।

 

ड्याम साइड फ्याक्सिन्दाको सुरुङ मार्ग मा काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुङगा लागेर शाहीको सोमबार साँझ मृत्यु भएको थियो । शाहीको विमा बापतको ३२ लाख रुपैंया प्राप्त हुने निर्माण कम्पनीले जनाएको छ ।

मृतकको शव हेलिकप्टरबाट गृह जिल्ला पठाउन जेपी कम्पनीले नमानेपछि दुई दिन मृतकको शव जिल्ला अस्पताल खाँदबारीमा अलपत्र परेको थियो । शव पठाउने बिषयमा बुधबार आयोजनाका कर्मचारी, ठेकेदार कम्पनी ,जिल्ला प्रशासन र राजनितिक दलहरुसहित बसेको बैठकले फिस्टेल एयरको हेलिकप्टरमार्फत शव पठाउने सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्