Logo

गाउँपालिकालाई ४० लाख बराबरको जग्गा निःशुल्क



Spread the love

मंगला गाउँपालिकालाई रु ४० लाख बराबरको जग्गा निःशुल्क प्राप्त भएको छ । मंगला गाउँपालिका–२ बाबियाचौर घर भइ हाल काठमाडाँै बस्दै आउनुभएका क्याप्टेन इन्द्रबहादुर अधिकारीले तीन रोपनी १५ आना तीन पैसा दुई दाम जग्गा गाउँपालिकालाई उपलब्ध गराउनुभएको हो । मंगलबार ७३ वर्षीय जग्गादाता अधिकारीले गाउँपालिकाका अध्यक्ष रोकालाई जग्गाकोे लालपूर्जा हस्तान्तरण गरे ।

सो जग्गा बाबियाचौरमा बालबालिका तथा ज्येष्ठ नागरिक उद्यान निर्माणका लागि प्रयोग गरिने गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए ।
“उद्यान निर्माण गर्न जग्गाले ठूलो सहयोग पुग्यो,” अध्यक्ष रोकाले भने । जग्गादाता अधिकारीलाई गाउँपालिकाले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । अधिकारीले आफू काठमाडाँैमा रहे पनि जन्मेको ठाउँको विकासमा सहयोग पुगोस् भनेर जग्गा उपलब्ध गराएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्