Logo

रेलवेको जग्गा अनाधिकृत रुपमा बिक्री



Spread the love

बाराको विभिन्न स्थानम रहेको नेपाल रेल्वेको सरकारी जग्गा अनाधिकृत रुपमा किनबेच हुन थालेको छ । अन्य क्षेत्रमा जग्गाको मुल्य आकासिएपछि रेल्वेको जग्गा हेरविचार गर्ने निकाय नहुँदा सरकारी जग्गा व्यक्तिले नै किनबेच गर्न थालेको पाईएको हो ।

रेल्वेका लिकहरुमा दैनिकजसो मेलाजस्तै लाग्ने गरेको र सोही भीडमा जग्गाको खरीद विक्रीको हुने गरेको पाईएको छ । अतिक्रमित रेल्वेको कतिपय जगा जिल्लास्थित नापी र मालपोतजस्ता सरकारी अड्डाबाट जग्गा दलालले कागजात मिलाई नम्बरी बनाएर विक्री भईरहेको पाईएको छ भने धेरैजसो जग्गा एैलानी विक्री भएको पाईन्छ । आजको कारोवार दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्