Logo

सिंहदरबार प्रवेशमा थप कडाइ गर्दै सरकार



Spread the love

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने भएको  छ ।

सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणालीमार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था गर्न लागिएको हो ।

फाइल तस्बिर

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भने पनि हाल दैनिक २५ सयभन्दा बढी नागरिक विभिन्न काम लिएर सिंहदरबार प्रवेश गर्ने गरेको प्रहरीको तथ्यांक छ । सिंहदरबारको चारवटै गेटमा डिजिटल गेट निर्माण गर्ने गृह मन्त्रालयअन्तर्गत रहेको सिंहदरबार सुरक्षा समन्वय समितिले गृहकार्य अगाडि बढाएको छ ।

सिंहदरबारमा रहेको चारवटा गेटमध्ये दक्षिण गेट मात्र हाल सर्वसाधारणका लागि खुला गरिएको छ । दक्षिण गेटमा सिंहदरबार प्रवेश गर्नेको भीड लाग्ने गरेको छ ।

–दक्षिण गेटबाट भित्रने, पूर्वी गेटबाट बाहिरिने
–सुरक्षाको गेट सर्वसाधारणलाई बन्द
–प्रविधिमैत्री सिंहदरबार बनाइने
–चारवटै गेटमा डिजिटल गेट राख्ने
–भीड घटाउन एकद्वार प्रवेश पास
–गृह र प्रधानमन्त्री कार्यालयले मात्र पास दिन सक्ने

यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्