Logo

कलङ्की अन्डरपास भोलिदेखि सञ्चालन हुने



Spread the love

चिनिया सरकारको सहयोगमा निर्माण भएको कलङ्की अन्डरपास भोलिदेखि संचालनमा आउने भएको छ । वर्षा तथा बिभिन कारणले गर्दा तोकिरको समयमा संचालनमा आउन नसकेको कलङ्की अन्डरपास भोलिदेखि संचालन हुने भएको छ ।

सडक विभागका महानिर्देशक रबिन्द्रनाथ श्रेष्ठले आज सांसदको विकास समितिको बैठकमा बोल्दै चिनियाँ निर्माण कम्पनीसँग अन्डरपास सुरु गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

उनका अनुसार कलङ्की चोकमा अन्डरपास निर्माणको काम सम्पन्न भइसकेको छ । अन्डरपास सन्चालनमा आएसँगै सो क्षेत्रको सडक जाम कम हुने अपेक्षा गरिएको छ । ‘अन्डरपास’ चार लेन फराकिलो र ३८ मिटर लामो छ ।

‘अन्डरपास’ सञ्चालनपछि नागढुङ्गा तर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधनहरू अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन् । त्यसैगरी, चक्रपथमा घुम्ने सवारी साधनहरू जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर जानेछन् ।
खसी बजारबाट नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङ्गा र कालिमाटीतिर जानका लागि पनि दुई–दुर्ई लेनको छुट्टै सर्भिस ट्रयाक निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्