Logo

सल्यानमा भेटियो पौराणिक गुफा, प्रचारप्रसार अभावमा पर्वर्द्दन हुन सकेन



Spread the love

सल्यानकाे छत्रेस्वरी ३ साननचाैरमा अनाैठो गुफा भेटिएको छ । करिव ३ सय मिटर लम्बाई, २ सय ५० मिटर उचाई र ८ मिटर चाैडाई भएको ५ तले गुफा पता लागेको हो । उक्त स्थानमा विभिन्न अाकृती भएका प्राकृतिक दृष्यहरु र करिव ५०० भन्दा बढी चमेराहरुको वासस्थान रहेको हिमाल यात्रीले जानकारी दिए ।

शंखमुल झिम्पे खर्सुवास सडक खण्ड अन्तर्गत मिलनचोकबाट करीब ३ किलोमिटर टाढा रहेको यस गुफामा विभिन्न पौराणिक बाजाहरु रहेको यात्रीले बताए । यीनलाई विभिन्न तालमा बजाउदा आनन्दका ध्वनिहरु निस्किन्छन ।

यस किसिमका प्राकृतिक र पौराणिक सम्पदाहरुको पहिचान र पर्वर्द्दन गर्न सके आन्तरिक एवम वाह्य पर्यटक भित्र्याउन सकिन्छ । साथै अवलोकन गर्न आउने पर्यटकले गर्ने खर्चले स्थानीय सरकार सन्चालन र रोजगारीको सिर्जना हुन सक्छ । गुफाको प्रचारका लागि स्थानीयले सरकार तथा संचारकर्मीहरुलाई अनुरोध गरेका छन ।

  • तस्बिरमा गुफा: तस्बिर: हिमाल यात्री

प्रतिक्रिया दिनुहोस्