Logo

सल्यान सल्लीबजारमा नुन अभाबको हल्लाले उपभोक्ता आतंकित



Spread the love

15049744_693246677494173_1567055280_nसल्यान सल्लीबजारमा अहिले नुनको अभाव भएको भन्दै उपभोक्ता आतंकित भएका छन् । तर, सरकारले भने यसलाई कृत्रिम अभावको संज्ञा दिएको छ ।

सल्यानको पश्चिम व्यापारी केन्द्र सल्लीबजारमा पनि नुनको अभाव हुने भन्दै पसलहरुमा एकैपटक ठुलो परिमाणमा नुन खरिद बिक्री गर्नेहरु बढेका छन् । भारतीय ५ सय र १ हजार दरका नोट प्रतिबन्ध लागेपछि सीमावर्ती जिल्लामा नुन अभावको गलत हल्ला फैलिएकोले यसको समस्या सल्लीबजारमा पनि देखिएको छ ।

उक्त बजारमा आज मात्रै ५० देखि ६० बोरि सम्मा नुन बिक्री वितरण भएको डाङ्गी किराना पसलका प्रो नगेन्द्र डाङ्गीले जानकारी दिनु भयो उहाँले भनु भयो आफुसग भएको २० बोरि नुन वितरण गरेको र आफूले पनि १० पोका सुरक्षित गरेको बताए ।

सल्लीबजार बासीले पनि केही महिना अगाडि नाकाबन्दीका कारण ग्यासको जस्तो समस्या हुने भन्दै होटेल, फुट्कर व्यापारीहरुले केही समयको लागि भन्दै नुन स्टक राखेका छन् भने पसलहरुमा एकैपटक धेरै किलो नुन किन्ने उपभोक्ताहरु बढेका छन् । उपभोक्तहरु भने चिन्तित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्