Logo

रहेनन् भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी



Spread the love

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ । दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान (एम्स) ले एक विज्ञप्ति जारी गर्दै बिहीबार साँझ भारतीय समय अनुसार ५ बजेर ५ मिनेट जाँदा वाजपेयीको उपचारका क्रममा निधन भएको जनाएकाे छ ।Image result for रहेनन् भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीएम्सले जनाए अनुसार बाजपेयीको लाइफ सपोर्ट सिस्टम (जीवन रक्षक प्रणाली) मा राखेर उपचार भैरहेको थियो । ९३ वर्षीय वाजपेयी ९ हप्तादेखि एम्समा भर्ना भएका थिए । गएको जुनमा मिर्गौलामा संक्रमण भएपछि बाजेपेयीलाई अस्पताल भर्ना गरिएको थियो ।

वाजपेयीलाई डिमोन्शिया नामको गम्भीर रोग लागेको थियो र सन् २००९ देखि व्हीलचियरको साहारामा थिए । मधुमेहका पनि बिरामी पनि रहेको उनको उपचार एम्सका निर्देशक डाक्टर रणदीप गुलेरियाले गरिरहेका थिए । यसअघि पनि मिर्गौलामा संक्रमण देखिनुका साथै अन्य स्वास्थ्य समस्या देखिएपछि उनलाई एम्समै भर्ना गरिएको थियो ।

भारतीय जनता पार्टी (भाजपा)का संस्थापक वाजपेयी तीन पटकसम्म प्रधानमन्त्री भएका थिए । उनले लाल कृष्ण अडवाडीसँग मिलेर भाजपाको गठन गरी सत्ताको शिखरमा पुगे । उनी देशको सर्वोच्च नागरिको सम्मान भारत रत्नले पनि सम्मानित भएका छन् ।

भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट समेत बाजपेयीलाई सम्मानित गरिएको छ । अटल बिहारी बाजपेयी नौ पटक लोकसभामा निर्वाचित भएका छन् ।

भारतमा पूर्व प्रधानमन्त्री वाजपेयीलाई एक सर्वप्रिय कवि, वक्ता र समावेशी राजनीतिका पर्याय समेत मानिन्छ । उनले १५ वर्षअघि नै राजनीतिबाट सन्यास लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्