Logo

किसानले फलाएको तरकारीले बजार पाएन



Spread the love

15033820_1787643668115803_1653352467_n

सल्यानको उत्तरी पश्चिमी क्षेत्र बन्गाड खोला आसपासमा किसानले फलाएको तरकारी बिक्री नहुदाँ किसान मर्कामा परेका छन् । मुलखोला १ गर्चेमा हिमालय ताजा तरकारी समूहमा आबद्ध किसान वर्षेनी उत्पादन गरेको तरकारी समयमा बिक्री नहुदाँ मारमा परेको बताएका छन् ।

तरकारी संकलन केन्द्र सल्लीवजारका व्यापारी केशव कठयातसँग उक्त समूहले तरकारी बिक्रीको लागी सम्झौता गरेको छ । तरकारी संकलन कर्ता उपयुक्त समयमा तरकारी खरिद गर्न नआउदा धेरै तरकारी बारीमा कुहिएर खेर जाने गरेको हिमालय ताजा तरकारी समहुका देव बहादुर रानाले बताए ।

सिजनल रूपमा फलाएको तरकारी किसानको आधा उधि बारीमा कुहियर जाने गरेको छ । समयमा तरकारी खरिद बिक्री नहुदाँ किसान प्रत्यक्ष मारमा परेको जनाउने गरेका छन् । यति खेर बन्दा,फुल गोपि,टमाटर,आलु,भज्ञज,मुला,भान्टा लगाएतको तरकारी बिक्री नहुदाँ खेर गइरहेको तरकारी खेतीमा संलग्न तथा समूहमा आवद्ध भई काम गरिरहेका किसान टेक बहादुर रानाले वताएल ।

त्यसै गरी मुलखोलाकै शंखपिपल श्रीकृष्ण ताजा तरकारी आपखोली,घाँजरीपिपलको मैदु र माथिल्लो डुडाखोला लगाएतका क्षेत्रमा किसानले फलाएको तरकारी समयमा विक्रिवितरण नहुदाँ समस्या हुने गरेको किसानको दुखेसो छ ।

अर्को तर्फ संकलन कर्ताले बजार दर भाउभन्दानी सस्तो मूल्यमा तरकारी संकलन गरेता पनि थोक खरिद मूल्य भन्दा बजार संकलन कर्ता व्यापज्ञरले दोब्बर मूल्यमा तरकारी विक्रिवितरण गर्ने गरेका छन् । तरकारी खेती प्रति हौसियका किसान तरकारीले बजार भाउ र बिक्री वितरणमा समस्या हुदाँ निराश बनेको भेटिन्छ ।

बारीमा फलाएको तरकारी ठिक समयमा संकलनकर्ताले संकलन नगरिदिदाँ उनीहरू पिडामा परेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्