Logo

हरिण काण्डले फेरी तनावमा सलमान



Spread the love

566b1c580a51fकालो हरिण शिकारको सम्बन्धमा हाइकोर्टको फैशला बिरुद्ध राजस्थान सरकारले सुप्रिम कोटमा स्पेशन अपिल गर्ने भए पछि सलमान खान फेरी तनाबमा परेका छन् ।

उक्त अभियोगमा सफाई पाएका सलमान खानको सोही मुद्दा फेरि बल्झिने भएको छ ।

तल्लो अदालतले सलमानलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो भने हाइकोर्टले सलमानलाई सफाई दिएको थियो ।

अहिले राजस्थान सरकार हाइकोर्टको फैशला चित्त नबुझेको भन्दै सुप्रिम कोर्ट गएको छ । दिवालीपछि सुप्रीम कोटले कालो हरिण शिकारको विषयमा सुनुवाई सुरु गर्ने भएको छ । चलचित्र ‘हम साथ साथ है’ को सुटिङको क्रममा सन १९९८ मा जोधपुरमा सलमानले कालो हरिणको शिकार गरेको आरोप लागेको हो ।

प्रतिक्रिया दिनुहोस्