अरबाज खानले मलाइका अरोडा खानसँग डिभोर्स लिएपछि अब आफ्नो लाइफ अगाडि बढाउन चाहन्छन् ।आजकाल बलिवुड अभिनेता तथा निर्देशक अरबाज खानको नाम जियोर्जिया एन्ड्रियानीसँग जोडिएको छ । दुईलाई लिएर केही दिन यता केही न केही खबरहरु बाहिर आइरहेका छन् ।र चाँडै जियोर्जियासँग विवाह गर्न सक्ने बताइएको छ ।
https://www.instagram.com/p/BmDDjnpjVQj/?utm_source=ig_web_copy_link
वर्ष १९९८ मा मलाइका र अरबाजको विवाह भएको थियो । बैबाहिक बन्धनमा बाँधिएको १८ वर्षपछि यी दुई एकअर्काबाट अलग भएका हुन् । तर, दुवैबीच मित्रता भने उस्तै छ ।
यो सम्बन्धलाई लिएर अरबाजलाई अहिले आफ्नो घरबाट ग्रिन सिग्नल मिलेको छैन । सलमान खान र उनको माता-पिताले अरबाज र मलाइकाको विवाह टुट्नुको कारण अरबाजले आफ्नो जिन्दगीमा खास प्रगति गर्न नसकेको मानेका छन् ।
यही कारण यो जोडीको डिभोर्स भएको बताइन्छ । मलाइकाले भने सधैं आफ्नो एक अलग पहिचान बनाएकी छन् । उनले फिल्म इन्डष्ट्रीदेखि फेशन शोजसम्म आफ्नो बलियो पकड बनाएकी छन् ।