Logo

फुटबलमा इतिहास रच्यो नेपालले : सोलिडारिटी कपको उपाधि जित्यो



Spread the love

 

The Nepali national football team pose for a photo before the internatioanl friendly match againt Bangladesh kicked-off at the Bangabandhu Stadium on Thursday, December 17, 2015. Photo: ANFA

मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ ।

मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ । नेपालको जितमा सुजल श्रेष्ठले निणर्ायक गोल गरे । खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजलले हेड गोल गरेका थिए ।

एसियाली फुटबल महासंघ एएफसीले आयोजना गरेको प्रतियोगितामा नेपालले पहिलो पटक फाइनल खेलेको हो । सन् १९५४ मा एएफसीको सदस्यता लिएपछि उसले आयोजना गरेको कुनै आधिकारिक प्रतियोगिता नजितेको नेपालले ६४ वर्षपछि यो उपलब्धीलाई चुमेको छ।

फिफा बरियतामा नेपाल भन्दा कमजोर रहेको मकाउले खेलमा उल्लेखनीय सुधार गर्दै उपाधि जित्ने होडमा मैदानमा उत्रिएको थियो । फिफा बरियतामा नेपालभन्दा १० स्थान पछाडि छ । बरियतामा नेपाल १८६ औं स्थानमा छ भने मकाउ १९६ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्