Logo

सल्यान रुकुम यातायात व्यवसायी समितिले थप नयाँ रुटमा गाडी सञ्चालन गर्दै



Spread the love

 

 

IMG_5625

 

 

यातायात क्षेत्रलाई मर्यादित, यात्रुमुखी बनाउने उद्देश्य बोकी करिब एक दशक एता सल्यानमा प्रधान कार्यालय राखी दाङ्ग, सल्यान, रुकुम, रोल्पा, सुर्खेत, नेपालगन्ज, काठमाण्डु लगायत अन्य स्थानहरुमा ठुला साना यात्रुबाहक गाडी सञ्चालन गर्दै आइरहेको सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले थप नयाँ स्थानीय रुटहरुमा गाडी सञ्चालन गर्ने भएको छ ।

यात्रुहरुको सहजता र जनताको चाहानालाई परिपुर्ति गर्ने उधेश्य राखी सल्यान जिल्लाको व्यापारिक, प्रशासनिक एवं शैक्षिक केन्द्र रहेको थारमारे बागचौरलाई केन्द्र बिन्दु राखी कार्तिक २१ गते बिधिवत रूपमा उद्घाटन गरिएको सल्यान रुकुम यातायात व्यवसायी समितिको शाखा कार्यालय बागचौर बाट स्थानीय आन्तरिक रुटहरुमा मङ्सिर १ गते देखि गाडी सञ्चालन गर्ने तयारी गरिएको समितिले जनाएको छ ।

समितिको शाखा कार्यालय बागचौरमा कार्तिक ३० गते बसेको कार्यसमितिको बैठकले निर्णय गरे अनुसार मङ्सिर १ गते दिउँसो ३ बजे बागचौर देखि स्विकोटको स्यानीपिप्ली सम्म गाडी सञ्चालन गरिने अध्यक्ष लोकमान बुढाथोकीले बताएका छन् । स्यानिपिप्ली देखि बागचौरका लागि बिहान ७ बजे गाडी छुट्ने र समितिमा दर्ता भएका गाडिहरु ग्यारेजमा निर्माण हुँदै गरेकाले गाडी आउन बित्तिकै बागचौर देखि बाफुखोला, कालागाउको नेटाबजार र कोटबाराको बाङ्गतिरे सम्मकालागी गाडी सञ्चालन गरिने र अन्य स्थानीय रुटहरुको अनुगमन सँगै गाडी सञ्चालनको विषयमा कार्यसमितिको आगामी बैठकले निर्णय गर्ने अध्यक्ष बुढाथोकीले बताए ।

15123268_1855491968017972_7668835830331231426_o

 

 

नगरपालिका, इलाका प्रशासन, इलाका बन कार्यालय, स्वास्थ्यचौकी लगाएतका अन्य सेवा केन्द्र रहेको थारमारे बागचौर बाट जनताका व्यक्तिगत तथा प्रशासनिक कार्यलाई टेवा पुर्‍याउने उदेश्यले  सरकारी कार्यालयको समय सीमालाई मध्येनजर गरी गाडी सञ्चालन गरिन लागेको समितिका महासचिव अरबिन्द्र कुमार राईले बताएका छन् ।

समितिका अध्यक्ष लोकमान बुढाथोकीको अध्यक्षतामा बसेको बैठकबाट कर्मचारी चित्रबहादुर राणालाई बागचौर शाखा कार्यालय प्रमुखमा नियुक्ति गरिएको  छ ।

प्रतिक्रिया दिनुहोस्