Logo

ओलीको सम्बोधन कार्यक्रम फिर्ता लिन राज्यमन्त्रीको आग्रह



Spread the love

प्रदेश न. २ का सामाजिक व्यवस्था तथा राज्यमन्त्री सुरेश मण्डलले ओलीले गर्ने सम्बोधनको विरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई आज सम्बोधन गर्ने कार्यकर्म रहेको छ तर राज्यमन्त्रीसुरेश मण्डलले मधेस आन्दोलन, मधेसी शहिद र मधेसी जनताको भावनालाई सम्मान गर्दै सम्बोधनको कार्यक्रम फिर्ता लिई प्रादेशिक स्वायत्ततालाई सम्मान गर्न ओलीसाग उनले अनुरोध समेत गरेका छन् । ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिकिर्या दिएका छन् । ‘प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूको आज हुने भनिएको प्रदेशसभा –२ को सम्बोधन असान्दर्भिक र अनुपयुक्त छ । यो नेकपा सरकारको संघीयता माथि लगाम लगाउने पहिलो प्रयास हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संघीय सरचनाको बिशेषता अर्थात प्रादेशिक स्वायत्तता बिरुद्धको यो कम्युनिष्ट सर्बसत्तावादको पहिलो एपिसोड हो, जसको म साक्षी बन्न सक्दिन । ’

प्रतिक्रिया दिनुहोस्