Logo

विश्व नम्वर १ स्पिनर पाकिस्तानका साइद अजमलको बलमा पारस खड्काको ४ छक्का (भिडियो सहित)



Spread the love

नेपाली क्रिकेट टिमका कप्तान पारस यतिबेला अन्तराष्ट्रिय क्रिकेट मिडियामा छाएका छन् । कुनै बेलाका विश्व नम्बर १ स्पिनर पाकिस्तानका साइद अजमललाई १ ओभरमै ४ वटा छक्का प्रहार गरेपछि उनी अन्तराष्ट्रिय मिडियामा हेडलाइन बनेका छन् ।

कप्तान पारस खड्काको सानदार अर्धशतकपछि अमेरिकाको टेक्सासमा गत आइतबार सम्पन्न टु टेन क्रिकेट यूएसए कपको उपाधि नेपाली राइनोज क्रिकेट क्लबले जितेको थियो ।ह्युस्टन पार्कविरुद्धको खेलमा पारसले बलिङका लागि खतरनाक मानिने साइद अजमलको बल सामना गर्दा १ ओभरमै ४ वटा छक्का प्रहार गरे ।अजमल विश्वका १ नम्बर स्पिनर रहेको समयमा उनको बलिङ स्टाइलमा प्रश्न उठेपछि उनी अन्तराष्ट्रिय क्रिकेटबाट बाहिरिएका थिए ।उक्त खेलमा पारसले सर्वाधिक ७७ रन बनाएका थिए । उनले ३८ बल खेली ८ चौका र ७ छक्का प्रहार गरेपछि उनी क्रिकेट मिडियामा छाएका हुन् ।

हेर्नुस् भिडियोः

 

प्रतिक्रिया दिनुहोस्