Logo

काठमाडौंमा डुकाटी मोटरसाइकल गुडाउन प्रतिबन्ध



Spread the love

प्रहरीले उपत्यका भित्र डुकाटी मोटरसाइकल गुडाउन रोक लगाएको छ । अत्याधिक ध्वनी प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्श सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल उपत्यका भित्र सञ्चालन गर्न नपाइने गरी प्रतिबन्ध लगाएको हो ।

फाइल तस्बिर

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले राजधानीको सडक डुकाटी मोटसाइकलको गति धान्न सक्ने क्षमताको नभएको र यहाँको जनघनत्व त्यही अनुसार रहेका कारण यसको प्रयोगमा रोक लगाइएको स्पष्ट पारे ।

‘१ हजार २ सय सीसीसम्मका यी मोटरसाइकल चलाउन सक्ने पूर्वाधार नै छैन ।’ एसएसपी पन्तले भने, ‘१ हजार २ सय सीसी सम्मका यी मोटर साइकललाई सञ्चालन गर्न दिने हो भने आम नागरिकको हित विपरीत हुन्छ ।’

डुकाटी लगायतका बुलेट मोटरसाइकलका कारण ध्वनी प्रदूषण बढेको भन्दै सर्वसाधारणले महाशाखामा त्यस्ता सवारी सञ्चालनमा रोक लगाउन माग गर्दै दर्जनौं लिखित तथा मौखिक उजुरी समेत दिएका छन् भन्ने खबर आजको कारोबारमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्