Logo

आउने शुक्रबार नेपालमा आइफोन ७ र ७ प्लस सार्वजनिक हुँदै



Spread the love

iPhone-7-Plusआगामी शुक्रबार नेपाली बजारमा सार्वजनिक हुन गइरहेको आइफोन ७ र ७ प्लस मासिक किस्तामा उपलब्ध हुनेछ ।

नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनरेसन नेक्स्टले शुक्रबारबाट बजारमा उपलब्ध गराउने आइफोन ७ र सेभेन प्लस ५ विभिन्न रंगमा उपलब्ध हुनेछ । आइफोन ७ को मूल्य ९१ हजारदेखि १ लाख ११ हजार सम्म त्यसमा रहेको मेमोरीको आधारमा पर्नेछ । त्यसैगरि आइफोन ७ प्लसको मूल्य १ लाख ८ हजार देखि १ लाख २२ हजार ५ सय सम्म पर्नेछ ।

आइफोन किस्तामा खरिद गर्न चाहने ग्राहकहरूले सर्बप्रथम ग्लोबल आइएमई बैंक , नबिल बैंक वा सिद्धार्थ बैंक मध्य कुनै एकको क्रेडिट कार्ड तयार पार्नु पर्ने छ । त्यस पश्चात आफूले खरिद गर्न चाहेको फोनको कोटेसन स्टोरबाट तयार पारेर बैंकले एप्रुभ गरेपछि स्टोरमा गएर फोन लिन सकिनेछ ।

यसरी किस्तामा आइफोन खरिद गर्दा कुनै पनि ब्याजदर लाग्ने छैन । आइफोन खरिद गर्ने ग्राहकले सुरूमै १२ प्रतिशत रकम बुझाउनु पर्नेछ भने एक बर्ष भित्रमा सबै पैसा किस्ता मार्फत तिरिसक्नुपर्नेछ ।

सबैभन्दा सस्तो ९१ हजार पर्ने आइफोन ७ को खरिद गर्न चाहने उपभोक्ताले १० हजार डाउन पेमेन्ट गर्नुका साथै मासिक ६ हजार ७ सय रूपैयाँ तिरेर आइफोन लिन सक्नेछन ।

यसरी किस्तामा आइफोन एनसेल , बबरमहलमा रहेको ओलिज स्टोर र शेर्पा मलमा रहेको इभो स्टोरबाट किस्तामा किन्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्