Logo

नेविसंघको महधिवेशन मङ्सिर २ मा



Spread the love

नेपाल विद्यार्थी सङ्घको १२ औं महाधिवेशन आगामी मङ्सिर २ गते हुने भएको छ । सङ्घको १२ औं महाधिवेशन सम्पन्न गर्न पार्टीबाट गठित सहजीकरण संयन्त्रले तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने गरी समय थप गरेको छ । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा रहेको संयन्त्रलाई नेविसङ्घका विद्यार्थी नेताहरूले तीन महिनाभित्र महाधिवेशन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । महाअधिवेशन तयारीसम्बन्धी कार्यतालिकालाई आधार मानेर संयन्त्रले मङ्सिर २ गते महाधिवेशन गर्न निर्देशन दिएको हो ।

संयन्त्रका सदस्य एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी मङ्सिर २ गते सङ्घको १२ औ महाधिवेशन गर्न निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले सङ्घभित्र धेरै समस्या छन् तर पनि सङ्घका नेताहरूले जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्न तयार पारेको कार्यतालिका अनुसार नै मिति तय भएको बताउनुभयो ।

महाधिवेशनको मिति तय भएपनि नयाँ सङ्घीय संरचना अनुसार सङ्घको विधान अझै बनेको छैन । सङ्घमा नेतृत्वको टकराव र अनेक खाले विवादले ग्रस्त नेविसङ्घ अब कसरी अगाडि बढ्छ भन्ने प्रश्न भने कायमै छ । नेता पौडेलका अनुसार नेविसङ्घका नेताहरूले तोकिएकै समयमा महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्