Logo

भारतीय टेलिभिजन रियालिटी शो बिग बोसको सार के छ त जान्नुहोस ?



Spread the love

29

भारतीय टेलिभिजन रियालिटी शो बिग बोसको हाल दसौ संस्करण चलिरहेको छ ।जुन सो सलमान  खानले होस्ट गर्दै आयका छन ।जहाँ ईन्डियावले र सेलिब्रिटी आयका थिय ।  ‘कलर्स’ च्यानलमा प्रसारण भइरहेको यो शो अत्यधिक लोकप्रिय छ। नेपालमा पनि यसका दर्शक मनग्गे छन्।

सन् २००७ मा बिस बोसको पहिलो संस्करण प्रसारण भएको थियो। पहिलो संस्करणदेखि नै प्रतियोगीहरूबीच घरभित्र हुने विवाद र घोचपेचका कारण शो चर्चित छ। मान्छेको मनोविज्ञान, मनोदशा, एउटा सानो र बन्द दुनियाँमा उसले गर्ने व्यवहार आदि हेर्नु रोचक हुन्छ। तर, प्रतियोगीका गतिविधि स्वतःस्फूर्त हुन् वा ती कृत्रिम र ‘स्क्रिप्टेड’ हुन्छन्, यो भने धेरैका निम्ति आशंकाको विषय भएको छ।
केहीका लागि बिग बोस पूर्णतः पहिल्यै पटकथा तय भएको कार्यक्रम हो। उनीहरू मान्छन्– प्रतियोगीबीच हुने झगडा, प्रेम सबै बनावटी हुन्। केबल दशर्कको लोकप्रियता (टीआरपी) बटुल्न सारा नौटंकी गरिन्छन्।
प्रतियोगी प्रणीत भट्ट भन्छन्, ‘घरभित्र जेजति लडाइँ–झगडा हुन्छन्, मानसिक तनावका कारण हुन्छन्। बाहिर आउनेबित्तिकै पहिले लडेकाहरू केही दिनमै साथी बन्छन्। 
शोका क्रममा प्रतियोगीबीचका प्रेमप्रसंग पनि त्यति बलिया र विश्वसनीय लाग्दैनन्। बिस बोस–८ का क्रममा गौतम गुलाटी र डायन्ड्रा अत्यन्त निकट थिए। अघिल्लो संस्करणमा कुशाल टन्डन र गौहर खानले शोभित्रै प्रेम प्रकट गरेका थिए। त्यसैगरी अरमान कोहली र तनिषा मुखर्जीले पनि आफूहरू अत्यन्त निकट भएको स्विकारेका थिए तर शो सकिएको केही समयपछि नै यी दुई जोडीले आफूहरू अलग भएको घोषणा गरेका थिए।
बिगबोसलाई ५ बर्ष देखी नियाली रहेका नेपालका चलचित्र क्षेत्रका विश्लेषक हिमाल जि .सि. भन्छन ” बिग बोस एक खेल हो । जहाँ प्रतियोगिहरुलाई एउटा सानो र बन्द दुनियामा राखियको हुन्छ । जस्लाई बाहिरी दुनिया केहि थाहा हुँदैन । जस्लाई क्यामेराले निग्रानी गरिरहेको हुन्छ ।जित्न्नको लागी प्रतियोगिहरु हर प्रकारको दिमाग लगाउने गर्छन । मान्छेको मनोबिज्ञान,मनोदशा बन्द दुनियामा उस्ले गर्ने ब्यबहार हेर्न दर्शक लाई रोचक हुन्छ ”
गौतम गुलाटी र डायन्ड्राको सम्बन्ध विशेष प्रतीत हुन्थ्यो। उनीहरूले चुम्बन गरेका दृश्य पनि देखिए।
बिस बोसमा कुटपिट र झगडा पनि भइरहन्छन्। झगडिया प्रतियोगीलाई घरबाट ‘आउट’ पनि गरिएका छन्। शोमा हुने गलफती र हात हालाहाललाई ‘नौटंकी’ मान्ने पनि छन्।
एउटा घरमा केही कलाकार  हप्तौँसम्म बस्छन्। बाहिरी संसारको सम्बन्ध र संगतबाट पूर्णतः विच्छेद हुन्छन् उनीहरू। उनीहरूका हरेक गतिविधि दर्जनौँ क्यामराका निगरानीमा हुन्छन्। घरभित्र उनीहरूको काम हुन्छ, गफ गर्नु, कुरा काट्नु र कसलाई घरबाट निकाल्ने हो, त्यसको तानाबाना बुन्नु। एकअर्थमा षडयन्त्र गर्नु। उनीहरूका मनोदशा, क्रियाकलाप लाखौँ दर्शकले हेर्न पाउँछन्। अन्त्यमा जो घरमा रहिरहन सक्छ, उही विजेता हुन्छ र आकर्षक नगद पुरस्कार पाउछ ।

प्रतिक्रिया दिनुहोस्