Logo

फेसबुक विज्ञापनमा समेत कर लगाउन विकास समितिको निर्देशन



Spread the love

संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले टेलिभिजनमा क्लिन फिड नीति अख्तियार गर्ने सरकारको कार्यक्रम भएपनि कार्यान्वयन निकै सुस्त देखिएको भन्दै त्यसलाई प्राथमिकता दिई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि भइरहेको कामको विवरण १५ दिन भित्र समितिलाई उपलब्ध गराउन सञ्चार मन्त्रायललाई भनेको छ ।

सञ्चार तथा सूचना प्रविधिमा सकेसम्म न्युन रुपमा तार प्रयोग गर्ने वातावरण बनाउन र पोल, तार र बीटीएस टावरको सहप्रयोगको व्यवस्था मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्