अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘चङ्गा चेट’ को अफिसियल गीत रिलिज भएको छ । एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘गोजीमा दाम छैन…’ बोलको गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीले स्वर भरेका छन् ।गीतमा राजराज सिवाकोटीको सङ्गीत रहेको छ । गीतको शब्द हरिहर तिमल्सिना लेखेका हुन् भने भिडियोको कोरियोग्राफी प्रविन सिंहले गरेका हुन् ।सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरू प्रियंका कार्की, आयुष्मान देशराज, सन्दीप श्रेत्री, सुरक्षा पन्त, रविन्द्र झा र परमिता राणाको नृत्य रहेको छ ।
माधव वाग्ले र शर्मिला पाण्डेको संयुक्त लगानी रहेको चलचित्र ‘चङ्गा चेट’लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । निर्देशक खनालको अनुसार यो सिनेमा डार्क कमेडी चलचित्र हो । आफूले दर्शकको हँसाउनको लागी मात्र भएभरको कमेडीको प्रयोग नगरेको उनी दाबी गर्छन् । भन्छन् ‘यो चलचित्रले तीन युवकले भोगेको कथा बोल्छ । कमेडी भएता पनि यहाँ दर्शक हँसाउनको लागी कुनै पनि संवाद र त्यस्ता जबरजस्ती दृश्यहरू छैन । ’
यो चलचित्रमा प्रियंका, आयुष्मान, परमिता, रविन्द्र, सुरक्षाको साथमा अर्पण थापा, शिशिर बंगडेल, सरिता गिरी, पुष्कर गुरुङ, बेनिशा हमाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा कथा प्रदीप भारद्धाजको रहेको छ । चलचित्र कार्तिक १६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
हेर्नुहोस् भिडियो :
https://youtu.be/x6VSYAOnf5M