Logo

दु:ख पोख्दै बस्ने उमेरमा पनि मार्सलआर्ट सिक्दै बृद्धबृद्धाहरु ! (फोटो सहित)



Spread the love

15123122_583933388461852_8380777853075496608_o

खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं अन्तरमनमा यदि उत्कट इच्छाशक्ति र आत्मबल छ भने जस्तोसुकै महान कदम चाल्न पनि उमेरले कदापि नछेक्दो रहेछ । चाहे त्यो कदम सुरुवातमा जति नै असहज किन नदेखियोस्, तर व्यक्तिको विशाल आत्मबलका सामु ती अप्ठ्याराहरुले आखिरमा एकदिन घुडा नटेकी सुखै नहुने रैछ ।

यस्तै महान सत्यलाई चरितार्थ गरेर देखाइदिएका छन्, काठमाडौँ जोरपाटीका वृद्ध-बृद्धाहरुले । आफ्ना पुराना सुन्दर दिनहरू सम्झिदै दुखसुख साटासाट गर्नुपर्ने बुढेसकालको यो उमेरमा पनि उनीहरूले मार्सल आर्ट सिकेर सबैलाई चकित तुल्याइदिएका छन् ।

15039479_583933868461804_5370833875626242600_o
उनीहरूको त्यो सुन्दर अभियानलाई साकार पारिदिएको छ, ‘बिहानी सोसल भेन्चर’को टिमले । बिहानी सोसल भेन्चरले ६० वर्ष माथिका बृद्धबृद्धाहरुलाई विभिन्न सहयोग गर्दै आएको छ ।

राष्ट्रिय नेपानको सहकार्य तथा बिहानी सोसल भेन्चरको अग्रसरतामा करिब २५ जनाको सङ्ख्यामा रहेका उनीहरूलाई जोरपाटीकै चमुण्डा मन्दिरमा थाइचीको प्रशिक्षण दिइरहेको छ । बिहानीकै थाइची प्रशिक्षक तथा राष्ट्रिय उसु मेडालिस्टद्वय सुस्मृती बोम्जन तामाङ र सन्ध्या महर्जनले प्रशिक्षण दिइरहेका छन् ।  प्रशिक्षकद्वय नेपाल उसु एसोसेसन र योङ्ग ड्रागन टिममा पनि आबद्द छन् ।

15068378_583933131795211_5439376891203778334_o

थाइचीको अभ्यासबाट बुढेसकालमा देखापर्ने हाडजोर्नी एवं ढाड दुख्ने समस्याबाट राहत पाउन सकिने सन्ध्या महर्जनले सल्लेरी खबरलाई बताइन । उनका अनुसार यसले वृद्ध-बृद्धाहरुमा आफ्नो सुस्वास्थ्य तथा निरोगीताको अग्रसरता आफैले गर्नमा समेत टेवा पुर्याएको छ । साथै, विभिन्न शारीरिक एवम् मानसिक असहजताहरुको उन्मुक्तिका निम्ति पनि आधुनिक समयमा थाइचीको महत्त्व बढ्दै गैरहेको सुस्मृती तामाङले बताइन ।

समग्रमा उनीहरूको यस किसिमको बृहत् अग्रसरताले “हार नमान, किनकि सुरुवात अक्सर गाह्रै हुन्छ !” भन्ने श्लोकलाई प्रश्रय दिएको छ ।

15138436_583933218461869_9012250718335823992_o

15138325_583934011795123_5273383913862533624_o

 

 

प्रतिक्रिया दिनुहोस्