Logo

यस्ता छन् नेकपाको प्रदेश एकीकरण कार्यदलले जिल्लामा सिफारिस गरेका अध्यक्ष र सचिव



Spread the love

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश ३ को एकीकरण कार्यदलले आफ्नो प्रदेश अन्तर्गतका १७ जिल्ला कमिटीको बाँडफाँट र नेतृत्व सिफारिस टुंगो लगाएको छ । एकीकरण कार्यदलले जिल्ला कमिटी बाँडफाँटसँगै अध्यक्ष र सचिवको नामसहित एकीकृत कमिटी सिफारिस गरेका छन् ।

 

जसअनुसार पूर्वएमालेले १२ जिल्लामा अध्यक्ष र ५ जिल्लामा सचिव पाएको छ भने पूर्वमाओवादीले ५ जिल्ला कमिटी अध्यक्ष र १२ जिल्लामा सचिव पाएको छ ।

पूर्वएमालेको भागमा परेका १२ जिल्ला अध्यक्षमा काठमाडौँमा रामशरण ढुंगाना, ललितपुरमा हरिकृष्ण ब्यन्जनकार र भक्तपुरमा वचन देउजा छन् । साथै मकवानपुरमा बद्री लम्साल, रसुवामा कर्न्याल लामा, दोलखामा भीम दाहाल, सिन्धुपाल्चोकमा झम्क नेपाल र धादिङमा नेत्रराज पौडेल अध्यक्ष सिफारिस भएका छन् ।

साथै पूर्वमाओवादीको भागमा परेका ५ जिल्ला कमिटी अध्यक्षमा नुवाकोटमा पुष्प लामिछाने, रामेछापमा डिल्लीमान तामाङ, सिन्धुलीमा रामकुमार पौडेल, काभ्रेमा सूर्यमान दोङ, चितवनमा यमबहादुर परियार (टुंगिन बाँकी) रहेका छन् ।

साथै युवा विद्यार्थी विशेषमा रमेश मल्ल र मजदुर जिल्ला कमिटी अध्यक्षमा गणेश रेग्मी सिफारिस भएका छन् ।

पुर्वएमालेले पाएका सचिव मध्ये चितवनमा तेजेन्द्र खड्का, नुवाकोटमा बुद्धि प्रधान, रामेछापमा आनन्द श्रेष्ठ, सिन्धुलीमा सूर्य पाख्रिन, युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा महेश बर्तौला र मजदुर जिल्ला कमिटीमा विदुर कार्की सिफारिस भएका छन् ।

साथै एमालेले पाएको उद्यमी व्यावसायिक जिल्ला कमिटी अध्यक्षमा चित्रगुप्त साँवा र पेशागत जिल्ला कमिटी अध्यक्षमा प्रेम पराजुली सिफारिस भएका छन् ।

पुर्वमाओवादीले पाएका सचिवमा ललितपुरमा शिव कट्टेल, धादिङमा दलबहादुर बुर्लाकोटी, रसुवामा माधव लामिछाने, दोलखामा कुलबहादुर बुढाथोकी, मकवानपुरमा विष्णु विष्ट, सिन्धुपाल्चोकमा गोविन्द पराजुली र पेशागतमा कृष्ण केसी सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्