Logo

बिप्लवको पाटि र प्रकाण्ड आतंकबादी हुन् :नेता बस्नेत



Spread the love

मंगलबार संसद बैठकमा बोल्दै सतारुण दलका नेता तथा सांसद महेश बस्नेतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई आतंकवादी भएको आरोप लगाएका छन् ।

 

उनले भने “नेकपाका गतिविधिहरु अराजक, समाजमा आतंक फैलाउने खालका भएकाले नेकपा आतंकवादी समुह हो ” ।

बिप्लवप्रति आक्रोशित बनेका बस्नेतले भने, ‘खड्गबहादुर विश्वकर्मा भन्ने राजनीतिक आवरणमा आतंकवादी र लुटपाटको गतिविधि गर्ने व्यक्तिलाई गिरफ्तार गर्छ, अदालतमा पेश हुन्छन् र अदालतले रिहाइको आदेश दिन्छ । उनी ९ बजेसम्म रजिस्टारको कार्यालयमा बस्छन् । उनलाई लिन मानव अधिकार आयोगका माननीय सदस्य सुदीप पाठक आफ्नो गाडीमा लिएर जान्छन्’ ।

उनको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईको दिन राती ९ बजेसम्म रजिस्ट्रारको कार्यालयमा बस्ने अनुमति कस्ले दियो भन्दै प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्