Logo

‘सिलिन्डर युगको अन्त्य निश्चित’



Spread the love

प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ ।

विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड लगानीमा श्रीकृष्ण गौशालामा प्लान्ट स्थापना गरिएको हो ।

गौशालामा पालिएका गाईहरूको दैनिक संकलन गरिएको गोबर ३ सय घनमिटरको प्लान्टमा हालेर मिथेन ग्यास उत्पादन गरी ट्यांकीमा स्टोर गरेर पाइपलाइनबाट घरघरमा पु-याइएको छ ।

मञ्चमा टेबुलमाथि राखिएको चुलोमा खिटिक्क स्विच अन गरेर परियोजना उद्घाटन गरेपछि प्रधानमन्त्रीले भने, ‘मैले भनेको थिएँ, काँधमा सिलिन्डरका डल्ला बोकेर हिँड्ने युग अन्त्य हुनेछ । ३२ घरले आजैदेखि डल्ला फ्याँके, अब अरूले पनि फ्याँक्छन् ।’
तर, प्रधानमन्त्रीले दाबी गरेजस्तै गोबरग्यास प्रविधि नेपालमा नौलो होइन । मुलुकभर अहिलेसम्म चार लाख २० हजार परिवारले गोबरग्यास प्लान्ट

जोडिसकेका छन् । अझ मुलुकमा बायोग्यासको शुरुवात भएको ६३ वर्ष र परियोजनाकै रुपमा गोबरग्यास प्रवद्र्धनको ३ दशकभन्दा बढी भइसकेको छ । ‘मुलुकभर हिमालदेखि तराईसम्मका घरपरिवारमा गोबरग्यास प्लान्ट जोडिएको छ, त्यसबाट ठूलो जनसंख्याले स्वच्छ ऊर्जा प्राप्त गरेको छ,’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत प्रकाश अर्यालले बताएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्