Logo

कहिले बन्ला धरहरा र रानीपोखरी ?



Spread the love

काठमाडौं – २०७२ को भूकम्पले क्षतिग्रस्त ऐतिहासिक धरहरा, रानीपोखरीलगायतका सम्पदा पुनर्निर्माण कार्य अस्वाभाविक रूपमा धकेलिन थालेको  छ ।

सरोकारवाला निकायबीचको आपसी खिचातानी र स्वार्थमा चलखेल भएपछि उच्च महत्त्वका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण कार्यमा विलम्ब (ढिलाइ) भएको हो ।

भूकम्पपछि क्षतिग्रस्त बनेको रानीपोखरी कस्तो शैलीमा बनाउने र धरहरा कसले बनाउने भन्ने बहसमै तीन वर्ष बितेको छ । भूकम्पबाट क्षतिग्रस्त अन्य सम्पदाको हालत पनि उस्तै छ । पुनर्निर्माणका नाममा करोडौ रुपैयाँ सकिए पनि प्रगति भने भएको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएको तीन वर्षपछि धरहरा पुनर्निर्माणका लागि गत साउनमा बोलपत्र आह्वान गर्‍यो ।

प्राधिकरणले वार्षिक कम्तीमा तीन अर्ब ९१ करोड २८ लाखको निर्माण कार्य गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आहन गरेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्राधिकरणले बोलपत्र आह्न गरेसँगै धरहरा पुनर्निर्माणको बाटो खुलेको बताए । यद्यपि, प्रक्रिया भने अझै बढ्न सकेको छैन खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्