Logo

कक्षा ११ को बोर्ड परीक्षा नहुने, कक्षा १२ मा मात्र एसएलसी



Spread the love

 

संशोधित व्यवस्था अनुससार अब विद्यार्थीले  माध्यमिक तहको कक्षा १०  र माध्यमिक तहको अन्त्यमा हुने  कक्षा १२ को अन्तिममा मात्र बोर्ड परीक्षा दिनु पर्ने छ र  यो परीक्षा राष्ट्रिय परीक्षा बोर्डको मातहतमा क्षेत्रीयस्तरमा सञ्चालन हुने छ । यस्तै कक्षा १२ को अन्तिममा लिइने परीक्षालाई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा भनिनेछ र यो राष्ट्रिय स्तरमा सञ्चालन हुनेछ । अब कक्ष १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा भनिने छ ।

यसअघि एसएलसी परीक्षा कक्षा १० र एसएलसी परीक्षा कक्षा १२ राख्ने विषयमा धेरै छलफल भए पनि सुझाबका आधारमा मन्त्रीस्तरीय निर्णयबाट परीक्षाको नामकरण भएको हो ।

१९९० देखि कक्षा १० मा एसएलसी परीक्षा सञ्चालन हुँदै आएको थियो । ०७३ देखि निरन्तरतामा ब्रेक लाग्ने भएको छ । class eleven

प्रतिक्रिया दिनुहोस्