Logo

७४ लाख ठगि गर्ने गुल्मेली युबा पक्राउ



Spread the love

गुल्मीका एक युबक वैदेशिक रोजगारीमा पठाउने नाममा ७४ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

 

रेसुङ्गा नगरपालिका १० सिमिचौरका ४८ वर्षीय घनश्याम अर्याललाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी रोशन खड्काले जानकारी दिए ।

पक्राउ परेका अर्याललाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौ पठाएको गुल्मी प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दीपक न्यौपाने भन्ने व्यक्ति लगायत अन्य ब्यक्तिहरुले आफूहरु अर्यालबाट ठगिएको भन्दै अदालतमा मुद्दा दिएको खड्काको भनाई छ ।

आरोपी अर्याललाई ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले २०७४ फागुन ११ गते दुई वर्ष कैैद र सात ७४ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्