Logo

दुई वर्ष देखी विद्यार्थीले छात्रबृति पाएनन्



Spread the love

school

सरकारले सामुदायिक विद्यालय प्रति उत्प्रेरित गर्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने मेहनती छात्राछात्रको लागी छात्रवृत्ति दिँदै आएको छ । सल्यानमा रहेका विभिन्न सामुदायिक विद्यालयले पनि छात्रबृति दिदैँ आएका छन् । तर जिल्लाको पश्चिमी क्षेत्रमा रहेको एक सामुदायिक विद्यालयले भने विगत दुई वर्ष यता छात्रबृति दिन छाडेको छ । र विद्यार्थीहरूले छात्रबृति पाउन सकेका छैनन् ।

जिल्लाको घाँजरीपिपल गाविस ७ संग्रहीमा रहेको कृष्ण माध्यमिक विद्यालयले दुई वर्ष यता बिद्याथीहरुलाई छात्रबृति दिएको छैन । विद्यालय प्रशासनको चरम लापरवार्हीका कारण दुई वर्षदेखि आफुहरुले छात्रवृति पाउन नसकेको उनीहरूले बताएका छन् ।

विद्यालय प्रशासन र स्रोत व्यक्तिको लापरवाहीका कारण जेहेन्दार तथा गरिब विद्याार्थीहरु राज्यले दिएको सेवासुविधाबाट वञ्चित भएको सोही विद्यालयमा अध्ययनरत छात्रा विमला पुरीले बताइन । “गरिब र जेहेन्दार विद्यार्थीका लागि भनेर राज्यले लाखौँ पैसा दिइरहेको हुन्छ” उनिले भनिन  –“ विद्यालय प्रशासनको लापरवाहीका कारण उक्त सेवासुविधा पाउनबाट छात्रछात्राहरु वञ्चित हुनु परि रहेको छ ।”

विद्यालय प्रशासनले आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ को छात्रबृति वितरण नगरेको विद्यालयका लेखापाल कमल खड्काले स्वीकार गरे  । “आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ गरी दुई आर्थिक वर्षको छात्रबृति वितरण गर्नु पर्ने समय बितिसकेको छ ” उनले भने – “ ढिलै भए पनि छात्रबृति वितरण गर्ने भनेर स्थानीय राजनीतिक दल, विद्यार्थी संगठन, शिक्षक संगठन, गाविस प्रतिनिधि, अभिभावक तथा बिद्याथीहरुको संयुक्त बैठक बोलायौँ तर विद्यालयका प्रधानाध्यापक र स्रोत व्यक्ति विद्यालयमा नै आउनु भएन् ।”

आफूले छात्रबृति वितरण गर्ने भनेर सम्पूर्ण कागज पत्र तयार पारेको बताए । “संयुक्त बैठक बोलायको दिनमा प्रधानाध्यापक अशोक शाह र स्रोत व्यक्ति नरभुपाल शाह विद्यालयमा नै आउनु भएन, फोन पनि अफ गर्नु भएको छ ” उनले भने  – “म त लेखापाल हुँ,  कागज पत्र तयार पारेको छु, तर प्रधानाध्यापक र स्रोत व्यक्ति नआए म के नै गर्न सक्छु र ?”

बिद्यालका प्रधानाध्यापक र स्रोत व्यक्ति अहिले सम्म पनि सम्पर्कमा आएका छैनन् । यता प्रधानाध्यापक अशोक शाह र स्रोत व्यक्ति नरभुपाल शाह मिलरे बिद्यालमा विद्यार्थीहरूको लागी आएको छात्रबृति आफैँले लिएको आरोप लगाएका छन् ।

गरिब र जेहेन्दार विद्यार्थीका लागि भनेर राज्यले दिएको रकममा अनियमितता भएको भन्दै अभिभावक गोकुल बुढाले आक्रोस पोखे  । विद्यार्थीका लागी भनेर आएको छात्रबृतिमा अनियमितता गर्ने प्रधानाध्यापक र स्रोत व्यक्तिलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने अर्का अभिभावक हिरम बस्नेतले बताए ।

विद्यालयमा छात्रबृतिको लागी भनेर आएको दुई आर्थिक वर्षको गरी झन्डै १ लाख ५० हजार बराबरको रकममा अनियमितता भएको छ । सो विद्यालयमा हाल ५ सय १५ जना विद्यार्थीहरूले अध्ययन गर्दै आएका छन् । ती मध्ये झन्डै तीन सय जना विद्यार्थीहरूले छात्रबृति पाउनु पर्ने भए पनि हाल सम्म पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्