Logo

कस्ता छन त मोडलिङमा चुनौती र अवसर ! निकोलस अर्याल( भिडियो सहित)



Spread the love

मोडलिङका बिषयमा सल्लेरी टिभीका बिकास अर्यालले मोडल, निकोलस अर्यालसँग कार्यक्रम ‘सल्लेरी इन्टर्टेनमेन्टका लागि तयार पारेको भिडियो सामाग्रीको केही अंश :

उनी भन्छन-  मोडलिङ रङिन संसार हो । जहाँ छुट्टै किसिमको माहोल हुन्छ । यसमा व्यक्तित्व र ग्ल्यामोरसको धेरै नै महत्व हुन्छ । अहिले यसमा राम्रो भविष्य छ । तर, यसमा लाग्दा फेस गर्नुपर्ने चुनौतीहरु तमाम छन ।

एक त नेपालमा मोडलिङलाई हेर्ने दृष्‍टिकोण एकदम फरक छ । झन महिलाहरुको हकमा धेरै नै नकारात्मक सोच्ने गरिन्छ । साथै, हाम्रो देशमा यस सम्बन्धी अध्ययनको त्यती राम्रो बातावरण पनि छैन । तर, सफलता चुमिसकेपछी अथवा सफल भईसकेपछीको आनन्द भने बेग्लै हुन्छ ।

यसमा आवश्यक पर्ने कुरा के हुन सक्छन भने:

पहिलो त यस सम्बन्धी शिक्षाको जरुरी छ । सँगै मिहिनेत र लगाव अत्यन्तै आवश्यक छ । अर्को कुरा के होइन भन्दा, ट्याक्क-टुक्क पर्दैमा र छोटो लुग आउँदैमा, चस्मा टाउकोमा लाउदैमा कोही कसैलाई मोडल भन्न सकिदैन । यसमा व्यक्तित्वको भूमिका धेरै नै हुन्छ । यस सन्बन्धी थोरै मात्रै पनि अध्ययन बिना लाग्ने र पछी ठक्कर खानुपर्ने अव्स्था अहिले छ ।

मोडलिङ र अभिनयमा अर्को ध्यान पुर्‍याउनु पर्नु कुरा के हो भने, स्टार हुनुभन्दा स्तार्डम मेन्टेन गर्नु ठुलो कुरा हो । साथै, सकारात्मक सोचको निकै नै ठुलो भूमिका रहन्छ । यो फिल्डम काम हुँदा, पाउदा धेरै नै खुसी अथवा फुरुङ्ग भईहाल्ने र काम सोच्नेजस्तो नहुँदा आत्तिहाल्ने अवस्था आउन सक्छ । यसमा संघर्ष धेरै आवश्यक छ। त्यसकारण यो फिल्डमा आउँदा, तालीको अपेक्षा एवम गालीको फेस गर्न तयार भएर आउँदा हुन्छ ।

(मोडल, निकोलस ‘मोडल अफ द एअर-२०१६’ तथा ‘मोस्ट फोटोजेनिक अवार्ड- २०१६’ का विजेता हुन ।)

पुरा भिडियो सहित हेर्न तल क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्