Logo

अदालतले रिहा गर्न आदेश दिएलगत्तै पुन अर्को मुद्दामा प्रकाण्ड पक्राउ



Spread the love

बिहीबार सर्वोच्च अदालतले रिया गर्न आदेश दिएलगत्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट समूहका  प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पुनः अर्को मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।

भोजपुरमा भएको बम विष्फोटको घटनामा पनि उनी संलग्न भएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रकाण्डलाई बिहीबारै भोजपुर लगिनेछ ।

यसअघि पनि चन्दा असुलीको आरोपमा २३ साउनमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । लगत्तै, प्रहरीले काभ्रेमा रहेको मुद्दामा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्