Logo

कलंकी पछि बानेश्वर र कोटेश्वरमा पनि अण्डरपास !



Spread the love

 

सांकेतिक तस्बिर

काठमाडौँमा अत्यधिक सवारी चाप हुने बानेश्वर र कोटेश्वरमा अण्डरपास निर्माणको तयारी सरकारले गरेको छ । भख्खरै मात्र कलंकीमा अन्डरपासको निर्माण सकिएको छ ।

सडक विभागले नयाँबानेश्वर र कोटेश्वरमा अण्डरपास निर्माणका लागि परामर्शदाता छनोटका लागि आशय पत्र आह्वान गरेको छ । तर, पर्यटन मन्त्रालयले विमानस्थलमुनिबाट अन्डरपास निर्माण गर्न नमिल्ने भन्दै आएको छ ।

पर्यटन मन्त्री रविन्द्र अधिकारीले एक सार्वजनिक कार्यक्रमकै विमानस्थलमुनिबाट सुरुङ बनाउन नदिने निर्णय भइसकेको बताएका छन् । तर, सडक विभागले भने पर्यटनमन्त्रीसँग भएको छलफल सकारात्मक भएपछि नै काटेश्वरमा अन्डरपास निर्माणका लागि आशय पत्र आह्वान गरिएको बताउँछ ।

सरकारले दुवै सुरुङ मार्ग स्वदेशी लगानीमै निर्माण गर्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्