Logo

हवाई आक्रमणमा १५० जिहादीको मृत्यु



Spread the love

बग्दाद, १६ असार ।
इराकको फल्लुजाह सहरमा भएको हवाई आक्रमणका कम्तीमा १५० जिहादीहरूको मृत्यु हुनुका साथै २६० भन्दा बढी सवारी साधन ध्वस्त पारिएको इराकी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

गत मङ्गलबारबाट सुरु गरिएको यस हवाई आक्रमणको क्रममा फाल्लुजाह सहरबाट जिहादी समूहले ओसार्न लागेका हतियारले भरिएका सयौँ सवारीसवारी साधनलाई लक्ष्यगरी सो आक्रमण गरिएको थियो । यसै हवाई आक्रमणहरूमा परी १५० भन्दा बढी जिहादीको मृत्यु भएको छ ।

इराकी सैनिकले भारी मात्रामा इस्लामिक स्टेट जिहादी समूहका हतियार समेत कब्जा गरेको जनाइएको छ ।

गत मे महिनाबाट इराकी सुरक्षाबलले फल्लुजाह सहर कब्जाका लागि कारबाही सुरु गरेका थिए । हाल इराकी सैनिकले फल्लुजाह सहर पुनः पूर्ण नियन्त्रणमा लिएको छ ।

यसै कारण इस्लामिक स्टेट जिहादी समूह त्यहाँबाट भाग्न क्रम जारी रहेको बताइको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्