Logo

साथी सेटल भएछ !  



Spread the love

 

 

अास्थाका झिटिझाम्टा बाेकेर गाउँ पसेथ्याे ऊ

गाउँकाे महान सपना बाेकेर उकालाे चढेथ्याे ऊ

समयकाल नबित्दै सपना थाँति राखेर

फेरि उहीँ सहरमा साथी सेटल भएछ ।

 

भेरीका किनारै किनार रातविरात हिडेथ्याे ऊ

थबाङ र मैकाेटका बस्तीहरूमा हिउँसँग चिप्लेटी खेलेथ्याे ऊ

पिली र काेटवाडाका चाैरहरूमा गुलेली खेलेथ्याे ऊ

दुनैका गाउँहरूमा रङ्गेली खेलेथ्याे ऊ

अाज बाेकेर मिठा सपनाहरू फर्केछ ऊ,

फेरि उहीँ सहरमा साथी सेटल भएछ ।

 

गाउँकाे हर्कबहादुर, बीरबहादुर र मानबहादुर

मनकुमारी, सुन्तली र रुपमतीलाई साथमा लिएर हिडेथ्पाे ऊ

जिम्वाल मुखिया र तालुकदारका खलियानबाट धान उठाएर

रित्ता पेट, ठुइला र भकारी भर्ने सयना बाेकेर

जसकाे जाेत उसकाे पाेतकाे नारा बाेकेर

हिडाएथ्याे हर्के साइलालाई पनि

छाेडेर बाटोमै स्कुले नानीहरूलाई

बाेकेर पुरानै  मिठा सपनाहरू

साथी उहीँ सहरमा सेटल भएछ ।

 

रित्तिएका काखहरूमा अभावकाे अागाे बालेर

खाली सिउँदाे र पेटहरूमा अाक्राेसका ज्वाला दन्काएर

भत्केका घर र बस्तीहरूमा पीडाकाे ज्वारभाटा  उठाएर

फेरि उहीँ पुरानै बाटाे साथी सहर पसेछ

बाेकेर मिठा सपनाहरू

साथी उहीँ सहरमा सेटल भएछ ।

ooo

ooo

प्रतिक्रिया दिनुहोस्