उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा जिल्ला समन्वय समितिमा सञ्चालित कार्यक्रम बिथोल्ने प्रयास तथा मन्त्री यादवलाई कालो झण्डा देखाउने ४ जना पक्राउ परेका छन्
नयाँ मुलुकी अपराध संहिता ऐन २०७५ को दफा ४९ अन्तर्गत मुद्दा दायर गर्न लागिएको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले जानकारी दिए । संहिताअन्तर्गत उक्त कसुरमा १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
पक्राउ पर्नेहरुमा हरफान शेष, हरपाल सिंह, राजित राम बर्मा र राम मनोहर यादव छन् । उनीहरु सबै सीके राउत समूहका जिल्ला तहका नेता रहेको प्रहरीले जनाएको छ ।उनीहरु माथि शुक्रबारै जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्