Logo

शिक्षक कतै शून्य, कतै बढी



Spread the love

देशका दुई हजार ५५४ विद्यालयमा आधारभूत तह (कक्षा १–८) मा एक जना पनि स्थायी शिक्षक छैनन् । माध्यमिक तह (कक्षा ९–१०) पढाइ हुने ५०४ विद्यालयमा शिक्षक दरबन्दी छैन ।

तीन हजार ५८ विद्यालयमा शिक्षक दरबन्दी शून्य छ । कपिलवस्तु स्थानीय तहपिच्छे प्राथमिक विद्यालयहरूमा विद्यार्थी अनुपात र शिक्षक दरबन्दीबीच ठूलो अन्तर छ ।

कुनै विद्यालयमा शिक्षक बढी छन् भने कुनैमा कम्ती । वाणगंगा गाउँपालिकामा २५ विद्यार्थीबराबर एक शिक्षकका दरले दरबन्दी छ ।

कपिलवस्तुकै विजयपुर गाउँपालिकामा १२६ विद्यार्थी बरारबर एक शिक्षक छन् ।

यो तथ्यांक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले तयार पारेको हो ।

शिक्षक दरबन्दी मिलाउन सरकारलाई सुझाव दिने उद्देश्यले गठित कार्यदलले प्रदेश/प्रदेश पुगेर स्थानीय तहहरूको शिक्षक विवरण तयार पार्न थालेको छ  भन्ने  समाचार आजको कान्तिपुरमा छापिएको छ

प्रतिक्रिया दिनुहोस्