Logo

सल्यानमा गाडी भित्र्याउन खोजेको तीन दिनमै छत्रेश्वरी यातायात प्रा.ली. खारेज



Spread the love

15109420_359876864364747_3642726852030495868_n

कम्पनी रजिस्ट्रार कार्यालय काठमाण्डौमा दर्ता भएर सल्यान श्रीनगरमा कार्यालय स्थापना गरी यातायात सेवा सुचारु गर्न खोजेको छत्रेश्वरी यातायात प्रा.ली. सल्यान खारेज हुनेभएको छ ।

गत शनिवार काठमाडौँ बाट सल्यान श्रीनगरमा प्रहरीको स्कटिङ्ग सहित भित्रिदै गरेको छत्रेश्वरी यातायातको ना५ ख ९१३६ नम्बरको डिलक्स बसलाई यातायात सञ्चालन विधि प्रक्रिया विपरीत भएको,  सल्यानको रुट परमिट नभएकोले  ट्राफिक प्रहरीले  फिर्ता गरेको ३ दिनमै प्रा.लिका अध्यक्ष सुकलाल खड्का सल्यान रुकुम यातायात व्यवसायी समितिको कर्मचारीमा नियुक्ति भएका छन् ।

प्रा.लिको दृघकालीन भविष्य नभएको र सेवामुखी भन्दा व्यापारी प्रयोजनले संचाल गर्ने क्षेत्र भएकोले २ -४ महिना सडकमा गाडी गुडाई व्यवसायी लाई धरापमा पार्नु र जनताहरू माझ आफ्नो विश्वासनियता गुमाउनु भन्दा बरु कर्मचारी भएर काम गर्ने प्रतिबद्धत्ता सहित प्रा.ली खारेजको निर्णयमा पुगेको अध्यक्ष सुकलाल खड्काले बताएका छन् ।

15107412_359876827698084_2029983359034998457_n

15135946_671049579728414_2425234066087951867_n

अध्यक्ष खड्का लाई एक कार्यक्रमका बिच सल्यान रुकुमका यातायात व्यवसायी समितिले श्रीनगरमा स्वागत गरेको छ। स्वागत कार्यक्रममा बोल्दै सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले आफूहरू सरकारले हटाइसकेको सेन्डिकेटको पक्षमा नभएको भन्दै बरु पूर्वका सेकेनहेन्ड गाडी ल्याई प्रा.ली खोल्ने र खोल्न लगाउने प्रवृत्तिको विरोधी भएको बताएका छन् ।

सल्यान जिल्लावासीले नयाँ गाडी जिल्लामा भित्र्याई स्वच्छ प्रतिस्पर्धा गर्न चाहेमा आफूहरुले कुनै किसिमको अवरोध नगर्ने अध्यक्ष बुढाथोकीले बताए ।

सोही कार्यक्रममा हरेक समयमा समिति प्रति महत्त्वपूर्ण भूमिका खेलेको भन्दै नेपाली काङ्ग्रेस शारदा नगरपालिकाका सभापति सचेत शाहलाई सल्यान रुकुम यातायात व्यवसायी समितिले सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्