Logo

बिना निम्तोको एक कार्यक्रममा पुगे सलमान खान !!!



Spread the love

रजनीकान्त, अक्षय कुमार र सलमान खान एकैपटक मञ्चमा देखिनु सामान्य होइन । तर एश शंकरको नयाँ फिल्म ‘२.०’ को कार्यक्रममा यस्तो दुर्लभ दृश्य देख्न सकिन्छ । फिल्ममा रजनीकान्त हिरोको भूमिकामा देखिएका छन् भने अक्षय कुमार भिलेन । यद्यपी, यी दुई कलाकारको मुख्य भूमिका रहेको फिल्मको कार्यक्रममा सलमान खान भने आकर्षणको केन्द्रबिन्दु बने ।

सलमान र रजनीकान्तबिच निकै राम्रो सम्बन्ध रहिआएको छ । विभिन्न कार्यक्रममा यी दुई कलाकारले एक अर्काको निकै खुलेर प्रशंसा गर्ने गर्दछन् । उक्त कार्यक्रममा सलमानले भने, ‘म यहाँ उनलाई (रजनीकान्त) लाई भेट्न आएको हुँ । मैले चिनेकामध्ये उनी सबैभन्दा राम्रा व्यक्ति हुन् । म उनको धेरै आदर गर्छु । मलाई यो कार्यक्रममा बोलाइएको थिएन । फिल्मक लञ्च हुन्छ भन्ने थाहा पाएँ त्यसैले आएँ ।’

कार्यक्रममा पत्रकारसँग कुरा गर्ने बेलामा फिल्मका सदस्य अक्षय कुमारको नजिक गए र ढोकातिर देखाउँदै उनको कानमा केही कुरा भने । लगत्तै अक्षय कुमार आफू बसेको ठाउँबाट उठे र हतारिँदै प्रवेशद्वार तिर लागे । उनीतर्फ आइरहेका सलमानलाई उनले स्वागत गरे । कार्यक्रममा अक्षयबारे सलमानले भने, ‘हाम्रो फिल्मी क्षेत्रमा अक्षय सबैभन्दा क्षमतावान् कलाकार हुन् । मैले उनीसँग काम गरेको छु , उनी अभूतपूर्व छन् । अक्की निकै मेहनती, समर्पित नायक हुन् ।’

source : Indianexpress

प्रतिक्रिया दिनुहोस्