Logo

जापानको टोकियोमा रहेका नेपालीहरुको चर्तिकला ( हेर्नुहोस भिडियो सहित ! )



Spread the love

वैदेशिक रोजगारमा रहेका सबै नेपालीलाई जापानको टोकियोमा भएको एक घटनाले निकै चिन्तित बनाएको छ  । जापानले नेपालीहरूलाई भिसा दिएन. भिसा अवधी थप गरिदिएन भनेर गुनासो आइरहेको बेला त्यहाँ रहेका नेपालीहरूले अमर्यादित कार्य गरेका छन् । अझ सुन्दर भविष्यको खोजी गर्दै जापान जान खोज्नेहरूका लागि समस्या निम्त्याएको छ ।

केही यस्ता घटनाहरूले गर्दा वैदेशिक रोजगारमा रहेका सम्पूर्ण नेपाली माथि प्रश्न खडा भएको छ । जापानको टोकियोमा भएको एक कार्यक्रममा नेपालीहरूले रक्सीले मातेर एक आपसमा लडाई झगडा गरेका छन् । टोकियो स्थित एक रेस्टुरेन्ट (समारोह)मा करिब डेढ सय जति नेपालीहरू भेला भएर रमाइलो गरिरहेका बेला उक्त घटना घटेको हो ।

नेपालीहरू भेट भएको समयमा कुनै राम्रो कामको योजना बनाउनुको सट्टा आपसमा झगडा गरेर सिङ्गो नेपाल र नेपालीको इज्जत जाने काम भएको टोकियोमा रहनु भएका एक नेपालीले सल्लेरी खबरलाई जानकारी दिनुभयो  । उहाँले भन्नु भयो  ” यस्ता घटना घटीरहन्छन यो त केवल एउटा उदाहरण मात्र हो । भिसा नवीकरण गर्न पनि समस्या उत्पन्न गराउन सक्छ, जसले नेपालीहरूको शिर ठाडो हैन निहुर्याएको छ ।”

भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस् !

https://www.youtube.com/watch?v=Eu_AUNNYFj8

प्रतिक्रिया दिनुहोस्